१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

ललिता निवास प्रकरणः राष्ट्रपति पाैडेलका सम्धी भुसाल विरूद्ध पक्राउ पुर्जी

२२ असार, काठमाडाैं । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा राष्ट्रपति रामचन्द्र पाैडेलका सम्धी समेत रहेका नेपाल सरकारका पूर्व सचिव युवराज भुसालसहित पाँच जनाको विरूद्धमा पक्राउ पुर्जी जारी भएको छ । जसमा एक जना पुर्वमन्त्री समेत रहेका छन ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिव भुसालसहित दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

उनका अनुसार पूर्वसहसचिव सुधीर साह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात भने फरार छन् । ललिता निवासको एक सय १४ रोपनी जग्गा व्यक्तिको नाममा कीर्ते गरेर किनबेच गर्नेमाथि प्रहरीले फेरि अनुसन्धान सुरु गरेको हो ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार १२:०४