२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

अप्पर स्याङ्गेको आईपीओ बाँडफाँडः करिब ५४ हजारले पाए १० कित्ता सेयर, यसरी हेर्नुहाेस् नतिजा

२२ असार, काठमाडाैं । अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले असार १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा  बाँडफाँड भएकाे हाे ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूलयका ५ लाख ३९ हजार ५०० कित्ता सेयर निष्काशन गरेको थियो। सो सेयरमा कुल १२ लाख ४७६ आवेदन परेको थियो । जसमध्ये २ हजार ३९९ आवेदन रद्द भएको छ भने ११ लाख ९८ हजार ७७ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गाेलाप्रथाबाट बाँडफाँड गरिएकाे थियाे । गाेलाप्रथाबाट बाँडफाँड गर्दा ५३ हजार ९५० आवेदकले १० कित्ताका दरले हाता पारेका छन्  ।

कम्पनीकाे आईपीओ नतिजा केही समयपछि प्रकाशित हुने छ । आईपीओ नतिजा बिक्री प्रबन्धकको वेबसाइट   https://www.siddharthacapital.com/,मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login र सिडिएसको वेबसाइट :   http://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ ।

प्रकाशित मिति : 10:39