१ असार २०८३, सोमबार | Mon Jun 15 2026

अभिनेता सारुक ताम्राकार मृत फेला

२२ असार, काठमाडाैं । फिल्म अभिनेता एवं कलाकार सारुक ताम्राकार मृत फेला परेका छन् । ताम्राकार गए राति काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

३१ वर्षीय ताम्राकार घरको भर्याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुण्डिएको अवस्थामा गए राति ११ बजे मृत फेला परेको प्रहरी उपरीक्षक रिजालले बताए ।

प्रहरीले घटनास्थलको मुचुल्का गरी शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ । ताम्राकारले ‘इन्टु मिन्टु लण्डनमा, मेरी मामु, रानीलगायत चलचित्रमा अभिनय गरेका थिए । उनी पछिल्लो समय चलचित्र ‘ह्यासट्याग माया’ को अभिनयमा ब्यस्त थिए । घटनाबारे अनुसन्धान भइरहेको एसपी रिजालले बताए ।

प्रकाशित मिति : July 7, 2023 at 10:18 am