१९ मंसिर २०८१, बुधबार | Thu Dec 5 2024

भाखा नाघेका ऋण असुलीलाई प्रभावकारी बनाउन सहकारीलाई विभागको निर्देशन

२१ असार, काठमाडाैं ।  सहकारी क्षेत्रमा परेको प्रभावलाई कम गर्न सहकारी विभागले भाखा नाघेका ऋण असुलीलाई प्रभावकारी बनाउन सहकारी संघसंस्थालाई निर्देशन दिएको छ।

विभागका तर्फबाट रजिष्ट्रार नमराज घिमिरेले ५ बुदे निर्देशन जारी गर्दै वित्तीय साक्षरता कार्यक्रम सञ्चालनमा जोड दिँदै सहकारी संघसंस्थाको वचत वृद्धि र भाखा नाघेको ऋण असुलीलाई प्रभावकारी बनाउन निर्देशन दिएकाे हाे ।

सहकारी संघसंस्थाले आफ्ना सदस्यसँग नियमित समन्वय र सम्पर्क गर्दै सदस्य केन्द्रित सेवा प्रवाह गरी सदस्यहरुको विश्वास आर्जनमा केन्द्रित हुन पनि विभागले निर्देशन दिएको छ।

ऋणी सदस्यहरुमा परेको प्रभाव मूल्यांकन गरी सदस्यको मागको आधारमा गत आर्थिक वर्षमा खराव ऋणीको सूचीमा नपरेका तथा गत आर्थिक वर्षमा कर्जा पुर्नतालिकीकरणको सुविधा नलिएका र कर्जाको पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गरेमा बाँकी साँवालाई ३ महिनाका लागि पुर्नतालिकीकरणको व्यवस्था गर्न सकिने विभागले जनाएको छ ।

ऋणी सदस्यहरुमा परेको प्रभाव मूल्यांकन गरी सदस्यको मागका आधारमा गत आर्थिक वर्षमा खराब ऋणीको सूचीमा नपरेका तथा गत आर्थिक वर्षमा कर्जा पुनरतालिकीकरणको सुविधा नलिएका र कर्जाको पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गरेमा बाँकी सांवालाई ३ महिनाको अवधिका लागिमात्र पुनरतालिकीकरणको व्यवस्था गर्न सकिने विभागले जनाएको छ।

कृषि उत्पादन तथा सेवासंग जोडिएका सहकारी संघ संस्थाले कृषि उत्पादन वृद्धि, सामुहिक खेती प्रवद्र्धन, सदस्यहरुको उत्पादनको बजारीकरण गरी सदस्यहरुलाई कृषिको व्यवसायीकरण गर्न प्रेरित गर्ने र चालु आर्थिक वर्ष २०७९/०८० को ब्याज २०८० साउन १५ गतेभित्रमा भुक्तानी प्राप्त भएमा यसै आर्थिक वर्षको आयको रुपमा गणना गर्ने छुट सुविधा प्रदान गर्ने विभागले निर्देशन गरेको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार १४:५९