११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

घोराही सिमेन्टको आईपीओ फेरि निष्कासन हुने, धितोपत्र बोर्डले गर्‍यो कारबाही फुकुवा

२० असार, काठमाडाैं । घोराही सिमेन्टको अवरुद्ध रहेको आईपीओ निष्कासन कारबाही फुकुवा भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विवादमा रहेकाे उक्त कम्पनीकाे आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हाे ।

धितोपत्र बोर्डले आज एक सूचना जारी गर्दै यस्तो निर्णय भएको जानकारी गराएको हो। फर्जी आवेदन परेसँगै घोराही सिमेन्टको आईपीओ स्थगन गरेर गठित जाँचबुझ समितिको प्रतिवेदनका आधारमा ४ बुँदे निर्णय गर्दै सेबोनले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।

बोर्डले निष्कासनमा कैफियत देखिएको भन्दै गत असार ४ गतेदेखि स्थगन गराएको थियो। बोर्डले विभिन्न विषयमा जाँच बुझ गर्दै उसले उक्त निष्कासन फुकुवा गरेको जनाएको छ। बोर्डले कसैले शेयर भरेर पनि निवेदन दिन नचाहेमा त्यसलाई रद्द गर्ने समय दिने भएको छ। त्यसका लागि बिक्री प्रबन्धकले सूचना जारी गर्नु पर्ने छ। त्यसको लागि बोर्डले तीन दिनको समय दिएको छ। तीन दिन पर्याप्त नभएमा कम्पनीको निष्कासन थप सात दिन गर्न सकिने विज्ञप्तिमा भनिएको छ।

“धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम १० को उपनियम (२) मा उपनियम (१) बमोजिमको अवधिभित्र निष्कासन गरिएको सबै धितोपत्र विक्री नभएमा सङ्गठित संस्थाले त्यस्तो दरखास्त खुला भएको मितिले बढीमा पन्ध्र दिनका लागि धितोपत्रको दरखास्त खुला राख्न सक्नेछ भन्ने व्यवस्था रहेको हुँदा थप गरिएको तीन दिनको समयावधि भित्र माग गरिएको सम्पूर्ण धितोपत्र विक्री नभएमा मिति २०८०/०२/३२ देखि २०८०/०३/०४ सम्म ५ दिन निष्कासन खुला भइसकेको सन्दर्भमा आवेदन संशोधनको लागि थप गरिएको ३ दिनको समय पश्चात् बढीमा थप ७ दिन निष्कासन खुला राख्न सकिने व्यवस्था गर्ने” विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : July 5, 2023 at 5:31 pm