१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

संघीयता खारेज नभए नेपालको अस्तित्व समाप्तः अध्यक्ष केसी

८ कात्तिक, काठमाडाैँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेज नभए नेपालको अस्तित्व समाप्त हुने दाबी गरेका छन ।  नै नरहने दावी गरेका छन् ।

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले अर्घाको रानीगैरामा गरेको सांस्कृतिक सभालाई सम्बोधन गर्दै नेता केसीले नेपालको तराई क्षेत्रको भू–भाग भारतले आफ्नो कब्जामा पार्ने रणनीति अनुसार संघीयता ल्याइएकाले आफ्नो पार्टी सँधै विपक्षमा रहँदै आएको बताए ।

नेपालमा संघीयता टिक्न सक्ने कुनै आधार नभएको दावी गर्दै नेता केसीले कालान्तरमा पहाड र तराइलाई टुक्राएर नेपाललाई भारतमा गाभ्ने योजना अनुसार संघीयता लादिएको बताए । अध्यक्ष केसीले एउटा सरकार सञ्चालनका लागि नै बिदेशीसँग हारगुहार गर्नुपर्ने देशमा सात–आठ वटा सरकार नेपाली जनताले थेग्न नसक्ने औंल्याए ।

प्रकाशित मिति : October 25, 2018 at 11:57 am