८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

यू–१६ इस्ट जोन कप क्रिकेटः शानदार जित हात पारेको नेपाल सेमिफाइलनमा सिंगापुरसँग खेल्ने

१५ असार, काठमाडौं । आयोज कमलेसियाको चुनौती ८४ रनले पन्छाउदै नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा समूह विजेता बन्दै अन्तिम चारमा स्थान बनाएको छ ।

शुक्रबार मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभलको मैदानमा नेपालले टस जितेर पहिलो ब्याटिङ गर्दै ३३ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १८३ रन बनाउन सफल भयो ।

यसअघि नै सेमिफाइनल स्थान सुरक्षित गरेको नेपाल लेशुक्रबार मलेसियालाई हराउँदा समूह ‘ए’विजेता बन्न सफल भयो । मेन अफ द म्याच घोषित अशोक धामीले नेपालको ब्याटिङ लाइनमा समेत योगदान दिदै ३६ बलको सामना गरेर ३ चौका र ५ छक्काको सहयोगमा ५२ रनको योगदान गरे ।

अन्य व्याट्सम्यानमा सूर्यांशु कोइरालाले २९ रन, नरेन खड्काले २९ रन बनाएका थिए । १ सय ८४ रनको विजय लक्ष्य जवाफी व्याटिङमा आएको मलेसिया ३०ओभार ५ बलमा ९९ रन बनाउँदा सबै विकेट गुमाउन पुगेको थियो ।

नेपालकातर्फबाट मेन अफ द म्याच घोषित अशोक धामीले ४ विकेट लिए । उनले ७ ओभर खेलेर १४ रन मात्र खर्चेका थिए । त्यस्तै अभिषेक तिवारीले ३ विकेट लिए । सन्तोष यादवले २ विकेट लिँदा कृतिक कामतले १ विकेट लिए । नेपालसँग पराजित भए पनि मलेसिया पनि सेमिफाइलनमा पुग्दा दुबै खेल गुमाएको थाइल्याण्ड बाहिरिएको छ । नेपालले अब सेमिफाइनलमा समूह’बी’को उपविजेता बनेको सिंगापुरसँग आगामी खेल्ने छ ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार १३:४४