११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

२० वर्ष पुराना सार्वजनिक सवारी हटाउने निर्णयविरुद्ध ट्याक्सी, ट्रक र ट्यांकर चालकहरुको प्रदर्शन

१४ असार, काठमाडाैं । २० वर्ष पुराना सवारीसाधनहरू हटाउने सरकारको निर्णयविरुद्ध ट्याक्सी, ट्रक र ट्यांकर चालकहरूले विरोध प्रदर्शन गरेका छन्। बिहीबार बिहान उनीहरुले उक्त निर्णय खारेज हुनुपर्ने लगायतका माग गर्दै कलंकी-बालाजु खण्डको सडकको एक लेन ढाकिने गरी ट्याक्सी, ट्रक, टिप्पर, खानेपानी ट्यांकर, साना ढुवानी गाडी, टेम्पो, माइक्रोलगायत सवारीको र्‍याली निकालेर विरोध जनाएका हुन ।

२० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने, निजी सवारी साधनले भाडाका सवारी साधनले जस्तो सेवा दिन नपाउनुपर्ने,  रातो प्लेटवाला सवारीले यात्रु बोक्न पाउने नीति खारेज गर्नुपर्ने,ट्याक्सी स्टेण्डको अनिवार्य व्यवस्था गर्नुपर्ने, खानेपानी ट्याङ्करलाई विकल्पसहित व्यवस्थापन लगायतका माग राखेका छन् ।

प्रकाशित मिति : June 29, 2023 at 2:11 pm