२६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026

अरुण काबेली पावरले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

१४ असार, काठमाडाैं । अरुण काबेली पावर लिमिटेडले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अरुण कावेलीलाई १ः१ अनुपात अर्थात १०० प्रतिशत अनुपातमा १०० रुपैयाँको दरका एक करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको हो ।

धितोपत्र बोर्डकाे अनुमतिसँगै अब कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर जारी गर्नेछ। कम्पनीकाे हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

प्रकाशित मिति : June 29, 2023 at 9:46 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/