११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

निजमका विकृत मनोविज्ञानमा आधारित तिन लघु चलचित्र

अष्ट्रेलिया । संसारमा देश होस कि घर, समाज होस कि परिवार त्यसको अगुवाको मनोविज्ञानले धेरै राम्रा पनि कुरा भएका छन् धेरै नराम्रा पनि कुराभएका छन् विगतमा हाम्रो समाजमा फलानो  ज्ञानी, फलानोको मानसिक सन्तुलन विग्रेको सम्म भन्यो सक्यो हुन्थ्यो तर अहिलेमानसिक स्वास्थ्यलाई पनि महत्व दिन थाले पछि त्यसले धेरै मनोविज्ञानमा देखिने समस्याहरुको उपचार सहज भएको

अष्ट्रेलियाको एडिलेडमा रहेर संचार तथा भिडियो निर्माणमा लागेका निजम केशीले मानिसमा देखिने समस्या ग्रस्त मनोविज्ञान वारेमातिन लघु कथाको भिडियो हालै सार्वजनिक गरेका छन्

कथामा अभिनयमा समेत दुरुस्तै उतारेका केशीले पहिलो भिडियोमा भविष्य वाणी गर्न सक्ने क्षमताबारेमा देखाउने प्रयास गरेका छन् मनोविज्ञानमा आधारित भिडियो मध्यको दोस्रोमा अपराधिक वाल मनोविज्ञानलाई देखाउन खोजेका छन् जसको वच्चा देखिकैमनोविज्ञानले ठुलो भए पछि पनि परिवार भित्रै भाउजु माथीको हिंसालाई देखाईएको

त्यसै गरि तेस्रो कथामा प्रेमीका संगको विकृत प्रेमलाई देखाउन खोजेका छन् जसमा एक युवकले प्रेमीकालाई खुशी देख्न साथीकैहत्या गर्छ अन्धो प्रेमले मिल्ने साथीको हत्या गरेर कथा समाप्त हुन्छ

निजम केशी फिल्मस(Nizam KC Films)ले निर्माण गरेको उक्त तीन लघु चलचित्र संग्रहको एउटा कथा नेपाल दुइबटा कथाअष्ट्रेलियामा छायांकन गरिएको जसको कथा लेखन निर्देशन समेत केशीले नै गरेको छन् । चलचित्र युट्युवमा उपलब्ध रहेको छ ।https://youtu.be/I0hUcZnCmbs

प्रकाशित मिति : June 28, 2023 at 5:26 pm