२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

नेप्सेमा ३५.३७ अंकको गिरावटः करिब ६ अर्बको काराेबार, तीन कम्पनीको सेयर मूल्यमा सर्किट

१३ असार, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा उच्च अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.३७ अकंले घटेर २१५०.९९ बिन्दुमा बन्द भएको छ । आज २८० कम्पनीको १ कराड ३३ लाख ४२ हजार ९९६ कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८१ रुपैयाँको कारोबार भएको छ ।

आज तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज हिमालयन लाइफ, बिपिडब्लु लघुवित्त र सिटी होटलको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हाे  । आज इङवा हाइड्रोपावर लिमिटेड, खप्तड लघुवित्त र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज हिमालयन लाइफको सर्वाधिक सेयर खरिदबिक्रि भएको छ।

प्रकाशित मिति : 15:23