६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

बुधबार घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?

१३ असार, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँ नै कायम भएको छ। मंगलबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार १०:५७