१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

तेह्रथुम पावरले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

१३ असार, काठमाडाैं । तेह्रथुम पावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ। असार १२ गते मंगलबार बसेकाे कम्पनी सञ्चालक समितिको बैठकले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो।

कम्पनीले क्यासकेट परियोजनाको रुपमा रहेको २ मेगावाटको खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण गर्न र अन्य लाभदायक हाइड्रोपावर कम्पनीमा लगानी गर्ने उद्देश्यले हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

हकप्रद सेयर निष्कासन गर्न कम्पनीको साधारणसभाबाट पारित भएपश्चात नियमनकारी निकायहरुको स्वीकृति लिई प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : June 28, 2023 at 10:38 am