छुटाउनु भयाे कि ? १ लाख कित्तासम्म किन्न पाउने आईपीओ भर्ने आज अन्तिम दिन, कति पर्यो आवेदन ?
१३ असार, काठमाडाैं । अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ भर्ने आज असार १३ गते बुधबार अन्तिम दिन रहेको छ। कम्पनीले असार १० गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओमा आज बैंकिङ समयसम्म मात्रै आवेदन दिन पाइनेछ।
कम्पनीले जारी पुँजीको २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। कम्पनीले त्यसमध्ये १० प्रतिशतले हुन आउने ६५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिसकेको छ।
कम्पनीले ५ प्रतिशतले हुन आउने ३२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ। बाँकी ५ लाख ३९ हजार ५०० कित्तामा सर्वसाधारणका लागि आवेदन खुला गरेको हो।
कम्पनीकाे आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीकाे आईपीओको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।
सीडीएससीका अनुसार मंगलबार साँझसम्म कम्पनीकाे आईपीओमा ९ लाख ६ हजार १०८ आवेदकबाट कुल ९९ लाख ४५ हजार ६६० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा १८.४३ गुणाले बढी हो।
प्रकाशित मिति : 09:35









