६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

विदेशी मुद्राको विनिमय दर, आज कुन देशकाे कति ?

१३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनि गरेको छ। आज बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७६ पैसा र बिक्री दर १६७ रुपैयाँ ५३ पैसा रहेको छ।

युरो एकको खरिद दर १४३ रुपैयाँ ३५ पैसा र बिक्री दर १४४ रुपैयाँ ०१ पैसा रहेको छ। यस्तै, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९५ पैसा र बिक्री दर १३१ रुपैयाँ ५५ पैसा पुगेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको छ। त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६० पैसा रहेको छ भने विक्रि दर ८८ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार ०९:२४