कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा
१२ असार, काठमाडौं । कुथेली बुखरी हाइड्रोपावर लिमिटेडकाे आईपीओ बाँडफाँड भएकाे छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन गरेको आइपीओ असार ११ गते बाँडफाँड भएकाे हाे ।
कम्पनीकाे आईपीओ स्थानीय १० देखि ३५० कित्तासम्म माग गर्ने १ हजार ६२ जना आवेदकलाई माग बमोजिम , ४०० कित्तादेखि १ हजार कित्तासम्म माग गर्ने १४० जना आवेदकलाई ३७० कित्ताका दरले र ४०० देखि १ हजार कित्तासम्म आवेदन दिने १२३ जना आवेदकलाई गोलप्रथाको माध्यमबाट १० कित्ताका दरले आईपीओ बाँडफाँड गरी बाँकी रहेको ८ कित्ता सेयर थप एक एक कित्ताका दरले ८ जनामा बाँडफाँड गरिएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिएको आईपीओ भने १० कित्तादेखि १ हजार कित्तासम्म माग गर्ने १ हजार २१८ जनालाई १० कित्ताका दरले गोलाप्रथाको माध्यमाबाट बाँडफाँड गरी बाँकी रहेको ६ कित्ता आईपीओ थप एक कित्ताका दरले ६ जना आवेदकमा बाँडफाँड गरिएको छ ।
आईपीको नतिजा बिक्री प्रबन्धको वेबसाइट :https://www.nmbcl.com.np/, मेरो सेयरको वेबसाइट : http://meroshare.cdsc.com.np/#/login, सिडिएसको वेबसाइट : http://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ ।
प्रकाशित मिति : 14:55









