२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

बिहीबार सेयर बजार बन्द, सातामा चार दिन मात्रै काराेबार

१२ असार, काठमाडाैं । बिहीबार सेयर बजार बन्द हुने भएकाे छ । सरकारले असार १४ गते बिहीबार बकर ईदमा देशैभर सार्वजनिक बिदा दिनसँगै सेयर बजार पनि बन्द रहने भएको हो।

गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी असार १४ गते बकर इद (ईद उल अजहा) पर्व भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्धारा जारी उक्त सूचनाका अनुसार नेपाल राजपत्रमा प्रकाशित गत चैत २ को सूचनाअनुसार इस्लाम धर्मावलम्बिको पर्व बकर इद (ईद उल अजहा) भएकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

बिहीबार सेयर बजार बन्द भएसँगै याे साता जम्मा चार दिन मात्रै काराेबार हुने भएकाे छ । अब भोलि बुधबार सेयर बजारको यो साताको अन्तिम कारोबार भएसँगै असार १७ गते (१५ गते शुक्रबार र १६ गते शनिबार बिदा हुने भएकाले) मात्रै सेयर काराेबार हुनेछ ।

प्रकाशित मिति : June 27, 2023 at 2:33 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/