६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय किसानको हितमा छैनः सांसद बस्नेत

१२ असार, काठमाडौं । सांसद महेश बस्नेतले, दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय किसानको हित विपरित रहेको भन्दै निर्णय सच्याउन माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विषेश समयमा बाेल्दै उनले बोर्ड खारेज गर्नुपर्ने आवश्यकताबारे ठोस जवाफ दिन सरकारसँग मागे । उनले भने ‘दुधविकास बोर्डलाई खारेज गर्नु पर्ने अवस्था किन? यो निर्णय किसान विरोधी छ । राष्ट्रको अहितमा गरिएको कार्य हो । ’

त्यस्तै बोर्ड खारेज गर्ने निर्णयसँगै कपास विकास समिति खारेज गर्ने निर्णय निर्णय समेत फिर्ता लिन उनको माग छ । ‘यसरी गरिएको निर्णयलाई जसरी निर्वाचन आयोग खारेजी गर्ने प्रस्तावलाई फिर्ता लिनु भयो त्यसरी नै यो प्रस्ताव पनि फिर्ता लिनुपर्छ । त्यसै गरी बाँकेको कपास विकास समितीलाई खारेज गर्न प्रस्ताव गरिएको छ । यो के उदेश्यले गरियो ’ उनले भने ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलवार १३:३६