११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

ललिता निवास बल्झियाे: भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङसहित चार पक्राउ

१२ असार, काठमाडाैं । ललिता निवास प्रकरण फेरि बल्झिएकाे छ । ललिता निवास प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ गरेको हो ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रकरणमा नाम मुछिएका गुरुङविरुद्ध विशेष अदालतमा मद्दा दायर भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री, पूर्वमन्त्री, तत्कालीन आयोगका आयुक्तसहित १७५ जनाविरुद्ध २०७६ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

उक्त मुद्दामा भाटभटेनीका सञ्चालक गुरुङमाथि अख्तियारले ३९ करोड २७ लाख रुपैयाँ बिगो दाबी गरेको छ। गुरुङले सो जग्गालाई स्टोरको रुपमा प्रयो गरिएका छन् ।

त्यस्तै प्रहरीले मंगलबार नै अन्य चार जनालाई पनि पक्राउ गरेको छ । मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणि केसीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

२०४९ सालदेखि २०६६ सम्म उनीहरू मालपोत कार्यालय र भूमि सुधार तथा व्यवस्था विभागमा काम गरेका थिए । उनीहरूसहित राजनीतिक, प्रशासनिक, व्यापारिक र भूमाफियाको मिलेमतोमा सरकारी कागजात किर्ते गरेर सरकारी जग्गा हडपिएको सीआईबीको अनुसन्धानमा खुलेको छ ।

प्रकाशित मिति : June 27, 2023 at 12:01 pm