२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ? यस्ताे छ पछिल्लाे अपडेट

११ असार, काठमाडाैं । अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओमा दोस्रो दिनसम्म मागभन्दा धेरै बढी आवेदन परेकाे छ । कम्पनीले हिजो असार १० गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओमा मागभन्दा १२ गुणा बढी आवेदन परेकाे हाे ।

सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो कम्पनीकाे आईपीओमा ५ लाख ८८ हजार ७९५ आवेदकबाट कुल ६५ लाख ३७ हजार २९० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा १२.१२ गुणाले बढी हो।

कम्पनीले हिजो असार १० गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजीको २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। कम्पनीले त्यसमध्ये १० प्रतिशतले हुन आउने ६५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिसकेको छ।

कम्पनीले ५ प्रतिशतले हुन आउने ३२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ। बाँकी ५ लाख ३९ हजार ५०० कित्तामा सर्वसाधारणका लागि आवेदन खुला गरेको हो।

कम्पनीकाे आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। आईपीओको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 18:19