२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

राम्रो काम नगरे सरकार आफैँ ढल्छः सांसद पाण्डे

१० असार, काठमाडौं । एकीकृत समाजवादीका सांसद सांसद राजेन्द्र पाण्डेले सरकारले राम्रो काम नगरे आफैँ गिर्ने बताएका छन् । आइतवार प्रतिनिधि सभाको बैठकबाट बाहिरीने क्रममा सञ्चाकर्मीहरुसँग उनले सरकारले बजेट वितरणमा विभेद गरेको भन्दै राम्रो काम नगरे सरकार आफैँ ढल्ने बताए । धादिङमा बजेट छुट्याउने काममा सरकारले विभेद गरेको उनको तर्क छ ।

उनले भने, ‘डढेल्धुरा बाट जित्ने शेरबहादुर, गोरखाबाट जित्ने प्रचण्ड र धादिङबाट जित्ने राजेन्द्र पाण्डेमा के फरक छ ? ३ जना सत्ता पक्षको हो । एउटाको क्षेत्रमा ५५ करोड अर्कोको क्षेत्रमा ११० करोड र अकार्को क्षेत्रा जिरो यस्तो हुन मिल्छ ? सरकारले राम्रो काम गरेन भने गिर्छ । कर्मले नै गिर्छ ।’

उनले समानुपातिक रुपमा बजेट वितरण नगरी सुखै छैन भन्दै‘मन्त्रि भएपछि त बजेट झयाप्पै हाल्न पाउने रहेछ । प्रकाश शरणको ठाउँमा म अहिले अर्थमन्त्रि भएको भए झयाम्मै धादिङ जिल्लामा ओहिराउन पाउने रहेछ ।’ उनले भने ‘समानुपातिक रुपमा बजेट वितरण नगरी सुखै छैन ।’

सांसद पाण्डेले बजेट पास गर्न कुनै पनि मन्त्रिले कुनै सांसदसंग समस्या के छ भनेर सोध्न नआएको गुनासो पोखे ।

प्रकाशित मिति : June 25, 2023 at 5:03 pm