२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

पिपिएलको विजेताले २७ लाख नगद पाउने, टी-२० फ्रेन्चाइज लिगमा सर्वाधिक राशीको पुरस्कार

७ कात्तिक, काठमाडाैँ । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको विजेताले २७ लाख नगद प्राप्त गर्ने भएको छ । टी-२० फ्रेन्चाइज लिगमा सर्वाधिक राशीको पुरस्कार हो । आयोजक क्विन्स इभेन्ट्स प्रालीले पीपीएलको पुरस्कार राशी बुधबार घोषणा गरेको हो ।

आयोजक क्विन्स इभेन्ट्स प्रालीका अनुसार उपविजेताले १० लाख नगद प्राप्त गर्नेछ । प्रतियोगिताको म्यान अफ द सिरिज उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले सुजुकी जिक्सर १ सय ५५ सीसीको मोटरसाइकल प्राप्त गर्ने छन ।

प्रत्येक खेलमा म्यान अफ द म्याच हुनेले नगद १० हजार रुपैयाँ र प्रायोजकहरुबाट ५ हजार बराबरको गिफ्ट हृयाम्पर प्राप्त गर्नेछन् । आगामी कात्तिक ९ देखि २० गतेसम्म  पोखरा क्रिकेट मैदानमा चल्ने प्रतियोगितामा विराटनगर टाइटन्स, चितवन राइनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ टिमले प्रतिस्पर्धा गर्दैछन ।

प्रकाशित मिति : ७ कार्तिक २०७५, बुधबार १९:४३