२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

दुई कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति, कुनको कति ?

१० असार, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। धितोपत्र बोर्डले मनकामना इन्जिनियरिङ हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो।

१) भगवती हाइड्रोपावर

धितोपत्र बोर्डले भगवती हाइड्रोपावरलाई प्रिमियममा आईपीओ निष्कासनको अनुमति दिएको छ। धितोपत्र बोर्डले कम्पनीलाइ १६ करोड ५८ लाख ९८ हजार ७९२ रुपैयाँबराबरको आईपीओ बिक्री गर्ने अनुमति दिएको छ।

बोर्डकाे अनुमतिसँगै अब कम्पनीले १०० रुपैयाँ १६ रुपैयाँ प्रिमियर थपेर प्रतिकित्ता ११६ रुपैयाँमा कुल १४ लाख ३० हजार १६२ रुपैयाँमा आईपीओ बिक्री खुला गर्नेछ। कम्पनीले स्थानीय र सर्वसाधारणका लागि २ चरणमा आईपीओ बिक्री गर्नेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

२) मनकामना इन्जिनियरिङ हाइड्रोपावर 

धितोपत्र बोर्डले मनकामना इन्जिनियरिङलाई २८ करोड रुपैयाँकाे आईपीओ बिक्री गर्ने अनुमति दिएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २८ लाख कित्ता स्थानीय र सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट रहेको छ।

प्रकाशित मिति : 13:23