१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

हिमाल दोलखा हाइड्रोपावरको हकप्रदमा आवेदन दिने समय थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

१० असार, काठमाडाैं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समय थप गरिएको छ। कम्पनीले जेठ २२ गतेदेखि  सेयरधनीहरुका लागि निष्काशन गरेकाे हकप्रद सेयरमा आज असार १० गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। तर, मागबमोजिम आवेदन नपरेको कारण अब असार २५ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले चुक्तापुँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत अर्थात १ः०.७५ को अनुपातमा हकप्रद जारी गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ।

कम्पनीले हकप्रद प्रयोजनका लागि वैशाख २७ गते बुक क्लोज गरेको थियो। यसको अर्थ वैशाख २६ गतेसम्म कायम लगानीकर्ताले यो कम्पनीको हकप्रद सेयरमा खरिद आवेदन दिन सक्नेछन्। कम्पनीकाे हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड  रहेकाे छ ।

लगानीकर्ताले हकप्रदमा नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : June 25, 2023 at 9:58 am