८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

एउटा असफलता यात्राको अन्त्य होइन भन्दै क्रिकेट टोलीलाई ओलीको खाना खाने निम्तो

१० असार, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाली क्रिकेट टिमलाई परिणाम सोचेजस्तो नभए पनि टिमको मेहनत कमजोर नभएको भन्दै हौसला दिएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको नेपाली क्रिकेट टिमलाई निराश नहुन आग्रह गर्दै एउटा असफलता यात्राको अन्त्य नभएको बताए । ओलीले नेपाल फर्केपछि सँगै खाना खानेगरी भेट्ने प्रतिबद्धता पनि जनाएका छन् ।

उनले लेखेका छन्, ‘यात्रा जारी छ ! हिजो मैले नेपाली टिम र नेदरल्याण्डबीचको खेल लाईव हेरें । मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भयो, तैपनि हेरें । आइसीसी एक दिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौं । मेहनत जननी हो भने परिणाम शीशु । कहिलेकाहीं मेहनतका बावजूद पनि परिणाम प्राप्त नहुन सक्छ । यसबाट निराश हुनु हुँदैन। परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन। मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम १ नेपाल फर्केपछि सँगसँगै खाना खानेगरि भेटौँला। एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ ।’

प्रकाशित मिति : १० असार २०८०, आईतवार ०९:१४