८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

नेपालले गुमायो नवौं विकेटः करण १ रनमा आउट

९ असार, काठमाडौं । विश्वकप छनोट खेलमा नेदरल्याण्डसविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले नवौं विकेट पनि गुमाएको छ । नवौं विकेटको रुपमा नेपालले करण केसीलाई गुमाएको हो । ३ बल सामना गरेका उनले १ रन बनाए ।

त्यसअघि आठौं विकेटको रुपमा नेपालका गुल्सन झा १५ रन बनाएर आउट भए । नेपालले ४२.५ ओभरमा ९ विकेट गुमार १६५ रन बनाएको छ । क्रिजमा सन्दीप लामिछाने र ललित राजवंशी छन् । सन्दिपले ब्याटरको भन्दा राम्रो प्रर्दशन गरेका छन् ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार १६:०५