नेप्सेमा ६ कम्पनीकाे बाेनस सेयर सूचिकृत, कुनकाे कति ?
७ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ६ कम्पनीकाे बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा याे साता विभिन्न ६ कम्पनीकाे बाेनस सेयर सूचिकृत भएको हाे ।
१) विजय लघुवित्त वित्तिय संस्था
नेप्सेमा विजय लघुवित्त वित्तिय संस्थाको २० प्रतिशत बोनस बापतको ६ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
२) कामना सेवा विकास बैंक
नेप्सेमा कामना सेवा विकास बैंकको ४.४१ प्रतिशत बोनस बापतको १३ लाख ८५ हजार ८७६.४६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
३) एशियन लाइफ इन्स्याेरेन्स कम्पनी
नेप्सेमा एशियन लाइफ इन्स्याेरेन्स कम्पनीको ८.५० प्रतिशत बोनस बापतको २४ लाख ७१ हजार ८ सय ९४ दशमलव ४२ कित्ता सेयर सूचिकृत भएको हो ।
४) नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड
नेप्सेमा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस बापतको ५ लाख ७६ हजार ४ सय ५० दशमलव ९९ कित्ता बाेनस सेयर सूचिकृत भएको हो ।
५) उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड
नेप्सेमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको ६१.७५ प्रतिशत बोनस बापतको ४ लाख ५ हजार २ सय ३२ कित्ता बाेनस सेयर सूचिकृत भएको हो ।
६) साना किसान लघुवित्त वित्तीय संस्थ लिमिटेड
नेप्सेमा साना किसान लघुवित्त वित्तीय संस्थ लिमिटेडको २६ प्रतिशत बोनस बापतको ४० लाख ६७ हजार ४ सय ७५ दशमलव ६९१८ कित्ता सेयर सूचिकृत भएको हो ।
प्रकाशित मिति : 16:44









