समृद्धि फाइनान्सको एघारौं शाखा सिरहाको कसहामा सुरू
७ असार, काठमाडौँ । समृद्धि फाइनान्सको एघारौं शाखा सिरहाको कसहामा सुरू भएको छ । बिहीबार समृद्धि फाइनान्स कम्पनी लिमिटेडको संचालक दुर्गा थापा र धनगढीमाई नगरपालिकाका मेयर शिव शंकर महतोले शाखाको संयुक्त रूपम उद्घाटन गरे ।
यसअघि बुधबार समृद्धि फाइनान्स कम्पनी लिमिटेडको दसौँ शाखाका रुपमा महोत्तरीको औरहीमा नयाँ शाखा सञ्चालनमा आएको थियो ।
समृद्धिले सर्लाही, महोत्तरी, सिरहा, सुनसरी र कपिलवस्तुमा एकै पटक नयाँ शाखा सञ्चालनमा ल्याउने कार्यक्रम अन्तर्गत सप्ताव्यापी रूपमा कार्यक्रम गरिरहेको छ । यसअघि चितवन, रूपन्देही, कास्की, काठमाडौँ र मकवानपुर लगायतको जिल्लामा समृद्भिका शाखाहरू सञ्चालन भैसकेका छन् ।
समृद्धि फाइनान्सका प्रमुख कार्यकारी अधिृकत टिका निधी लोहनीले दैनिकीसँग कुरा गर्दै असार ४ गते सर्लाहीको कविलासी नगरपालिका ७ गैरमा, असार ६ गते महोत्तरीको औरही नगरपालिका १ औरहीमा, असार ७ गते सिरहाको धनगढीमाई नगरपालिका ८ कसाहामा शाखा सञ्चालन भएको जानकारी दिए । उनले असार ८ गते सुनसरीको बराक्षेत्र नगरपालिका ११ मधुवनमा र असार ११ गते कपिलवस्तुको शिवराज नगरपालिका ४ खरेन्द्रपुरमा थप नयाँ शाखा सञ्चालन हुने जानकारी दिए ।
यो पनि पढ्नुहोस्
–महोत्तरीको औरहीमा समृद्धि फाइनान्सको दसौँ शाखा उद्घाटन
–एकै पटक पाँच शाखा सञ्चालन गर्दै समृद्धि फाइनान्स

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार १८:४१







