८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

नेपाललाई वेस्ट इन्डिजले दियो ३४० रनको विशाल लक्ष्य

७ असार, काठमाडौं।जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोटअन्तर्गत वेस्ट इन्डिजले नेपाललाई ३ सय ४० रनको विशाल लक्ष्य दिएको छ। टस हारेपछि ब्याटिङको जिम्मा पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रनको विशाल योगफल तयार पारेको हो ।

वेस्ट इन्डिजका लागि कप्तान साई होप र निकोलास पुरानले चौथो विकेटका लागि २ सय १६ रनको साझेदारी गरे । पुरानले एक सय १५ रन जोडे भने होप १ सय ३२ रनमा अविजित रहे।

९ रन जोड्दा २ विकेट गुमाएको वेस्ट इन्डिजले सुरुको १० ओभरमा केवल ३० रन मात्र जोडेको थियो। नेपालका ललितनारायण राजबंशीले ३ तथा सन्दीप लामिछाने, करन केसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए। सन्दीपले १० ओभरमा एक मेडन राखेर ५० रन खर्चिए। करनले १० ओभरमा ८१ रन खर्चिए।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार १६:४४