१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, बिहीबार कतिमा खुल्छ काराेबार ?

६ असार, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ कम्पनीको मूल्य समायोजन भएको छ। नेप्सेमा आज नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेडको मूल्य समायोजन भएको हो ।

नेप्सेमा नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेडको ४.७५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ७४४.६३ रुपैयाँ कायम गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ७८० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो । सोही मूल्यको आधारमा नै बिहीबारदेखि सेयरबजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार १७:३३