८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

आज देखि साफ च्याम्पियनसिप सुरु,नेपाल र कुवेत भिड्दै

६ असार, काठमाडौं । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप १४ औं सस्करण आज बुधबारदेखि भारतमा सुरु हुँदैछ ।

भारतको बैंगलुरु स्थित श्री कांतिराव स्टेडियममा आयोजना हुने साफ च्याम्पियनसिपमा आठ वटा राष्ट्रको सहभागिता रहने छ ।पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको यो १४औं संस्करण हो ।

उद्घाटन खेल नेपाली समयअनुसार, दिउँसो ३ः४५ बजे सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा समूह ’ए’ मा रहेको नेपालले बुधबार कुवेतको सामना गर्दैछ । नेपालले आफ्नो दोस्रो खेल असार ९ गने भारतसँग खेल्नेछ भने तेस्रो तथाअन्तिम खेल असार १२ गने पाकिस्तानसँग खेल्नेछ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार १०:००