१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

यी हुन् साेमबार सर्वाधिक काराेबार हुने कम्पनी

४ असार, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा झिनाे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.९४अकंले घटेर २०९१.३९ बिन्दुमा बन्द भएको छ । आज २७६ कम्पनीको १ करोड २९ लाख ७५ हजार १६८ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ७४ करोड ६ लाख ८ हजार ८८० रुपैयाँको कारोबार भएको छ ।

आज पनि शिवम् सिमेन्ट्सको सेयर सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे २९ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, एनटीसी, सोल्टि होटल, आएईजीआई प्रुडेन्सियल,एचआइर्डिसिएलको प्रमोटर शेयर,नेपाल लाइफ, सिआईटी, हिमालयन डिष्टलरी, सूर्या ज्योति लाइफ र शाईन रेशुङ्गा बैंकको शेयर सर्वाधिक खरिदबिक्रि भएको छ।

 

प्रकाशित मिति : ४ असार २०८०, सोमबार १५:१३