८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

विश्वकप छनोटः ओपनर कुशल भुर्तेलले पुरा गरे अर्धशतक

३ असार, काठमाडौं । ओपनर कुशल भुर्तेलले विश्वकप छनोटअन्तर्गत जारी खेलमा जिम्बावेविरुद्ध अर्धशतक पूरा गरेका छन् । जिम्बावेस्थित हरारे मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालका लागि कुशलले १९ ओभरको समाप्तिमा अर्धशतक पूरा गरेका हुन् ।

उनले ९ चौका र एक छक्का प्रहार गर्दै अहिले कुल ६५ रन बनाउँदै क्रिजमा छन् । उनलाई आसिफ शेखले ३८ रन बनाउँदै साथ दिइरहेका छन् ।

नेपालका लागि ३९औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेका कुशलले जारी खेलमा यो समाचार तयार पार्दासम्म आसिफ शेखसँग १ सय ९ रनको साझेदारी गरेका छन् ।

यो कुशलको सातौं ओडीआई अर्धशतक हो । अहिलेसम्म नेपालले २५ ओभरको समाप्तिमा विना कुनै क्षति १ सय १४ रन बनाएको छ । कुशल भुर्तेलले ५८ र आसिफ शेखले ३१ रन जोडेका छन् ।

प्रकाशित मिति : ३ असार २०८०, आईतवार १४:३०