७ असार २०८३, आइतबार | Sun Jun 21 2026

कुमारी बैंकले ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति, कति पाइन्छ ब्याज ?

१ असार, काठमाडौं ।  कुमारी बैंकले ऋणपत्र निष्काशन गर्ने भएकाे छ । बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै ५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न अनुमति मागेको हो। बैंकले ‘१०% केबीएलएम डिबेन्चर–२०९०’ जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ।

धितोपत्र बोर्डकाे अनुमति दिए पाए  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ। ऋणपत्र १० वर्षे अवधिको याे ऋणपत्रमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्। बैंककाे ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

प्रकाशित मिति : June 16, 2023 at 4:41 pm