२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

नेप्सेमा दुई कम्पनीको सेयर सूचिकृत, कुनकाे कति ?

१ असार, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीकाे सेयर सूचिकृत भएको छ । याे साता नेप्सेमा विभिन्न दुई कम्पनीकाे सेयर सूचिकृत भएको हाे ।

१) मेन्छियाम हाइड्रोपावर लिमिटेड

नेप्सेमा मेन्छियाम हाइड्रोपावर लिमिटेडकाे  आईपीओ सूचीकृत भएको छ । नेप्सेमा कम्पनीकाे ५४ लाख २५ हजार ८ सय ३३ कित्ता आईपीओ सूचीकृत भएको छ । नेप्सेले कम्पनीकाे आईपीओलाई पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ७७.४५ रुपैयाँदेखि अधिकतममा २३२.३५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। नेप्सेले यो कम्पनीलाई ‘एमसीएचएल’ कारोबार संकेत प्रदान गरेको छ। सोही आधारमा आइतबारदेखि कम्पनीको सेयर कारोबार खुल्नेछ ।

२) कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड

नेप्सेमा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस बापतको ५ लाख ९४ हजार ४ सय ६३ दशमलव २८१६ कित्ता सेयर सूचिकृत भएको हो ।

प्रकाशित मिति : June 16, 2023 at 2:59 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/