४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

कांग्रेस प्रचार विभागमा ३९ सञ्चारकर्मी मनोनयन

३२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको सदस्यमा बिभिन्न व्यक्तिहरुलाई मनोनयन गरेका छन् ।

कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा प्रमुख रहेका विभागमा ३९ जना सञ्चारकर्मीलगायतका व्यक्तिलाई मनोनयन गरेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार मनोनय हुनेहरुमा काठमाडौंका दिपकप्रसाद कुईकेल, महोत्तरीका गोपाल झा, पाल्पाका कृष्णप्रसाद बस्याल, सुनसरीका तिलक राई, तनहुँका गोविन्द परियार, सुनसरीका चन्द्रेश्वर खत्वे र काठमाडौंमा गणेश के.सी. छन् ।

यस्तै ताप्लेजुङकी शिला इजम, कास्कीका गंगाधर पराजुली, झापाका लोकराज ढकाल, मकवानपुरका सन्तबहादुर चेपाङ्ग, मोरङ्गका राजु मास्के, कैलालीका उमिद वागचन, काठमाडौंका लीला खनाल, मोरङ्गका चेतराज रेग्मी, रौतहटका मिथलेश मिश्र, सुर्खेतका मोती पौडेल, सुनसरीका पवन अधिकारी, रुपन्देहीकी कमला पाण्डे, रुपन्देहीकी फुलमाया सुनार, कास्कीका राजवहादुर गुरुङ्ग, चितवनका राघव गौतम, काठमाडौंका अनुषा नेपाल, काभ्रेका निगम हुमागाई, स्याङ्जाका गोविन्द मरासिनी र रोल्पाका हुकुमबहादुर बुढा छन् ।

विभागको सदस्यमा मनोनित अन्य सदस्यहरुमा पर्साका रम्भा मिश्र, पाँचथरका लवदेव ढुंङ्गाना, काठमाडौंका दिनेशविक्रम शाह, धनुषाका सुरेश यादव, स्याङ्जाका इन्द्र रिजाल, रौतहटका ओजिर देवान, सुर्खेतका पूर्णबहादुर नेपाली, कालीकोटका अशोकनाथ योगी, लतिलतपुरका विष्णुप्रसाद तिम्सीना, संखुवासभाका दिपेन्द्र वान्तवा, महोत्तरीका सज्जन ठाकुर, अष्ट्रेलियाका प्रकाश खरेल र बेलायतका विनोद मोक्तान रहेका छन् ।

प्रकाशित मिति : 19:02