२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

अन्तिम काराेबारकाे दिन यी हुन् सर्वाधिक खरिदबिक्रि हुने कम्पनी

३२ जेठ, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा झिनाे अंककाे सुधार देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अकंले बढेर २०४२.०७ बिन्दुमा बन्द भएको छ । आज ३ अर्ब १६ करोड २८ लाख १० हजार ८४३ रुपैयाँको कारोबार भएको छ ।

आज शिवम् सिमेन्ट्सको सर्वाधिक खरिदबिक्रि भएको छ। कम्पनीकाे यस दिन १७ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। त्यस्तै, सोल्टि होटल, नेपाल लाइफ , आइजीआई प्रुडेन्सियल, हिमालयन डिष्टिलरी, नेशनल हाईड्रोपावार, सूर्या ज्योति लाइफ, अपर तामाकोशी, नेपाल बैंक र चिलिमेको सेयरमा लगानीकर्ता झुम्मिएको देखिएको छ ।

प्रकाशित मिति : 15:15