४ अर्ब बढीकाे काराेबार हुँदा यी हुन् आज सर्वाधिक खरिदबिक्री हुने कम्पनी
३० जेठ, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार पनि सेयर बजारमा हरियाली छाएकाे छ । अघिल्लाे काराेबारकाे दिन साेमबार सामान्य अंकले बढेकाे बजार यस दिन भने उच्च अंकले बढ्न पुगेकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.१७ अकंले बढेर २०२०.६४ बिन्दुमा बन्द भएको छ ।
सेयर बजारमा हरियाली छाएसँगै आज ४ अर्ब १० करोड माथिको कारोबार भएकाे छ । आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे २७ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिष्टिलरीको १७ करोड ४६ लाख, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १६ करोड २६ लाख, सोल्टी होटल लिमिटेडको १२ करोड १६ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : 15:13









