मध्य भोटेकोशी जलविद्युतले बोलायो दुई आर्थिक वर्षको साधारण सभा, बुक क्लोज कहिले ?
३० जेठ, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा असार एकै पटक बाेलाएकाे छ । कम्पनीको जेठ ८ गते बसेको संचालक समितिको बैठकले १०औं र ११औं वार्षिक साधारण सभा असार २० गते बाेलाएकाे हाे । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।
सभाले आर्थिक वर्ष २०७७/०७८ र २०७८/०७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, कम्पनीको संचालक समितिको लेखापरीक्षकमा एचकेएसडि एसोसियट्स, चार्टर्ड एकाउन्टेन्टलाई लेखापरीक्षण समितिको सिफारिस अनुसार १ लाख ७८ हजार लेखापरीक्षण शुल्क निर्धारण गरी लेखापरीक्षण्क नियुक्त र आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, विभिन्न संघ संस्थालाई आर्थिक सहायत दिएको रकम अनुमोदन र संचालक समितिको सदस्यको निर्वाचन सम्बन्धि प्रस्तावमा समेत छलफल हुनेछ । सभा प्रयोजनार्थ कम्पनीले असार ६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार ५ गतेसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीको सभामा सहभागि हुन सक्नेछन् ।
प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलवार १३:१२












