प्रि ओपन सेसनमा करिब ३ अंकले बढ्यो नेप्से
३० जेठ, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंकले बढेको छ। अघिल्लो कारोबार दिन सोमबार ७.७९ अंकले बढेर १९८७.८७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.९५ अंकले बढेर १९८९.४३ विन्दुमा पुगेको छ।
मंगलबार प्रि ओपन सेसनमा ३३ स्टकको ५ लाख ४ हजार ३३९ रुपैयाँ ८० पैसा बराबरको १ हजार २५६ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : June 13, 2023 at 11:08 am









