२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

छुटाउनुभयो कि ? नेपाल रिपब्लिक मिडियाको आईपीओ भर्ने आज अन्तिम दिन

३० जेठ, काठमाडाैं । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ भर्ने आज जेठ ३० गते मंगलबार अन्तिम दिन रहेको छ। कम्पनीले गत जेठ २६ गतेबाट सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आज बैंकिङ समयसम्म मात्रै आवेदन दिन पाइनेछ।

कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशतले हुन आउने प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ५३ हजार कित्ता आईपीओ बिक्री गर्ने अनुमति पाएको थियो। त्यसमध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३०० कित्ता सेयर बिक्री गरिसकेको छ।

यसैगरी ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ३५ लाख २५ हजार ९३० कित्ता र कर्मचारीलाई खुलाइएकोमा बाँकी रहेको ९३ हजार ९६१ गरी कुल ३६ लाख १९ हजार ८९१ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सीडीएससीका अनुसार हिजो सोमबार साँझसम्म कम्पनीकाे आईपीओमा ९ लाख ८३ हजार २०० आवेदकबाट कुल १ करोड ७ लाख ४३ हजार ७४० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा २.९७ गुणाले बढी हो। लगानीकर्ताले कम्पनीकाे आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 09:58