१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

नेपालबाट भारतर्फ हुने चोरी निकासी रोक्न सुनको भन्सार महसुल वृद्धिः अर्थमन्त्री महत

२९ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल भन्दा भारतमा सुन महँगो भएकाले नेपालबाट भारततर्फ हुने चोरी निकासी रोक्न सुनको भन्सार महसुल वृद्धि गरिएको प्रष्ट पारेका छन् ।

बजेटमाथि उठेका प्रश्नको सोमवार संसद्मा जवाफ दिने क्रममा डा. महतले भारतमा मूल्यगत आधारमा महसुल लागि सवै कर गरेर १८.९६५ प्रतिशत भएको तर नेपालमा प्रति दश ग्राम ८ हजार ५०० रुपैयाँ मात्र रहेकोले महसुल वृद्धि गरिएको प्रष्ट पारे ।

उनले भने ’सुनको भन्सार दर विगत देखिनै भारतमा लाग्ने महसुल दर अनुरुप समायोजन गर्ने गरिएकोमा चालु आर्थिक वर्षको बजेटले भारतमा दर बृद्दि गरेको भएतापनि नेपालमा समायोजन नभएको कारण ठूलो भिन्नता रहेको थियो । त्यसलाई कम गर्न महसुल समायोजन गरिएको हो ।’

परिमाणको आधारमा महसुल लाग्ने व्यवस्थाले अन्तर्राष्ट्रिय बजारमा आउने मूल्यको उतारचढावलाई सम्बोधन नगर्ने भएकाले भारतकै हाराहारीमा मूल्यगत आधारमा महसुल दर १५ प्रतिशत लाग्ने व्यवस्था गरिएको महतले बताए ।

प्रकाशित मिति : June 12, 2023 at 4:42 pm