२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

थ्रीस्टार हाइड्रोपारको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

२९ जेठ, काठमाडाैं । थ्रीस्टार हाइड्रोपारको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैशाख ११ गतेदेखि जेठ ९ गतेसम्म आयोजना प्रभावित स्थानीय वासिन्दाहरुलाई बिक्री खुला गरेको आईपीओ बाँडफाँड गरिएको हाे ।

कम्पनीको आईपीओमा २ हजार ६०६ जना आवेदकले आवेदन दिएका थिए । रितपूर्वक आवेदन दिएका सबै आवेदकलाई आइतबार ४ लाख ९२ हजार ५ सय कित्ता सेयर वितरण गरेको कम्पनीले जनाएकाे छ ।

कम्पनीले जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख ९२ हजार ५ सय कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्र खोटाङ हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ देखि ११ सम्म र दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका बासिन्दाले आवेदन दिएका थिए ।

आईपीओको नतिजा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको वेवसाइट https://himalayancapital.com/र  सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालन गरिरहेको वेवसाइट  https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ ।

प्रकाशित मिति : 11:10