इसेवामार्फत नेपाल टेलिकमको रिचार्ज गर्दा कोमाकी स्कुटर जित्न सकिने
२९ जेठ, काठमाडाैं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवामार्फत नेपाल टेलिकमको रिचार्ज गर्दा इलेक्ट्रिक स्कुटर जित्न सकिने अफर ल्याइएको छ।
यस अभियानमा सहभागी हुन एनटीसी प्रिपेड, एटीसी पोस्टपेड र एनटीसी डाटाप्याक एप वा इसेवाको वेबसाइटमार्फत रिचार्ज गर्नुपर्नेछ। यो अभियान असार १५ गतेसम्म लागिका लागि सञ्चालन हुनेछ।
यो अभियान अवधिभर प्रोमोकोडहरु प्रयोग गरेर १० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ। क्यासब्याक आफूले रिचार्ज २४ घन्टाभित्र इसेवा वालेटमा जम्मा हुनेछ।
कोमाकी फ्लोरा एक इलेक्ट्रिक स्कुटर हो। जसले प्रतिचार्ज ७५–१०० किलोमिटरको माइलेज दिनुका साथै सहज र रमाइलो सवारी अनुभव सुनिश्चित गराउन शक्तिशाली ३००० वाट मोटरको जडान गरिएको छ।
यस इलेक्ट्रिक स्कुटरमा ट्युबलेस टायर र डिस्क ब्रेककोका साथै अन्य विशेषता रहेका छन्। यो अभियान अवधि असार १५ गतेसम्म लागिका लागि सञ्चालन हुनेछ।
हाल इसेवाको सेवा एन्ड्रोइड तथा आईओएस मोबाइलमार्फत करिब ८० लाख ग्राहकले सेवा लिइरहेका छन्। यसैगरी देशभर रहेका २ लाखभन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रुपमा डेढ करोडभन्दा जनसंख्याले सेवा लिइरहेका छन्।
प्रकाशित मिति : June 12, 2023 at 10:09 am









