कतिमा भयो सिटि होटलको पहिलो कारोबार ?
२८ जेठ, काठमाडाैं । आजबाट धितोपत्र दोस्रो बजारमा सिटी होटलको सेयर कारोबार खुलेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र स्पेसल प्रि–सेसनमा सिटी होटलको सेयर किनबेच भएसँगै आजबाट नियमित समयका लागि कम्पनीकाे कारोबार खुलेको हो। आज कम्पनीकाे प्रतिकित्ता १११ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो।
गत बिहीबार कम्पनीकाे सेयर नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेले पहिलो कारोबारका लागि कम्पनी लाई प्रतिकित्ता न्यूनतम ८७.८३ रुपैयाँदेखि अधिकतममा २६३.४९ रुपैयाँको ओपनिङ रेन्ज तोकेको थियो। नेप्सेले सिटी होटललाई ‘सीआईटीवाई’ कारोबार संकेत प्रदान गरेको छ।
प्रकाशित मिति : June 11, 2023 at 11:25 am









