१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

रिलायन्स फाइनान्सले घोषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

२८ जेठ, काठमाडाैं । रिलायन्स फाइनान्सले  लाभांश घोषणा गरेको छ।  कम्पनीकाे जेठ २६ गते शुक्रबार बसेकाे कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९का लागि हाल कायम चुक्ता पुंजीको ६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३४ प्रतिशत नगद लाभांश गरि कुल ६.८४ प्रतिशत लाभांश वितरण गर्ने  प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आईतवार १०:१९