८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

म्यानचेस्टर सिटीले उचाल्यो च्याम्पियन्स लिगको उपाधि, मुख्य उपाधिमा ह्याट्रिक

२८ जेठ, काठमाडाैँ । यो सिजनको (२०२३) च्याम्पियन्स लिग फुटबलको उपाधि इङ्लिस क्लब म्यानचेस्टर सिटीले जितेको छ । आइतवार बिहान टर्कीको राजधानी इस्तानबुलको ओलम्पिक रङ्गशालामा भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई १–० गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो ।

सिटीका लागि खेलको ६८औँ मिनेटमा रोड्रीले गरेको गोल नै निर्णायक बन्यो । अनमार्क रहेका रोड्रीले डि बक्सबाट आएको पासको सदुपयोग गरी वान टचमा नै गोल गरेका हुन् । यो सँगै सिटीले एकै सिजनमा मुख्य तीन वटा प्रतियोगिता जितेर ह्याट्रिक गर्ने दुलर्भ इतिहास पनि बनाएको छ । सिटीले यस अघि प्रिमियर लिग र एफए कपको उपाधि जितिसकेको छ ।

सिटीले च्याम्पियन्स लिग जितेर एकै सिजन तीन वटा उपाधि जितेर म्यानचेस्टर युनाइटेडको रेकर्डलाई बराबरी गरेको छ । पेप ग्र्वाडिवालाले सिटिको लागि पहिलो र समग्रमा तेश्रो उपाधि जितेका हुन् । यस अघि बार्सिलोनामा छदाँ २ पटक च्याम्पियन्स लिग जिताएका थिए । सर एलेक्स फर्गुसनको ब्यवस्थापनमा युनाइटेडले सन् १९९९ मा यो इतिहास बनाएको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आईतवार ०८:२५