१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

अर्थतन्त्र बिग्रिएर देश नै ग्रहण लागेको अवस्थामा पुग्योः अध्यक्ष ओली

२७ जेठ, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा नेपाली भूमिका बारेमा चुइँक्क बोल्न नसकेको युक्रेनको वारले हो ? भन्दै प्रश्न गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित नेपाल निजामति कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भारत भ्रमणमा आफ्नो अतिक्रमित भूमिको बारेमा चुइँक्क बोल्न नसकेको भन्दै किन त भन्ने प्रश्न समेत उठाएका छन् ।

उनले भने ‘अहिले त अवस्था राम्रो छैन । देशलाई नै ग्रहण लागेको जस्तो भएको छ । यी दुई वर्षमा ८ प्रतिशत पु¥याउँछु भनेको उत्पादन वृद्धिदर २ प्रतिशत नपुग्ने अवस्था छ । त्यसरी नराम्ररी देश पछाडि परेको छ । साढे ६ प्रतिशत पुगिसकेको उत्पादन वृद्धिदर घटेर २ भन्दा तल आयो । अहिले कोभिडको मारले यता उता भनेको होइन । युक्रेनको वार भनेर हल्ला चलाउने गरेको छ । युक्रेनको वारले हाम्रो कहाँ धुलो उडायो की धुवाँ उडायो की ? के गरेको छ रु अनि यहाँ युक्रेनका वारले हो प्रचण्डजीले नदीहरू सित्तैमा दिएर आएको रु प्रचण्डजीको भारत भ्रमणमा नेपाली भूमिका बारेमा चुइँक्क बोल्न नसक्या युक्रेनको वारले हो ?’

अर्थतन्त्र बिग्रिएर देश नै ग्रहण लागेको अवस्थामा पुगेको भन्दै अध्यक्ष अ‍ोलीले सरकारले साढे ६ प्रतिशत रहेको उत्पादन वृद्धिदर २ प्रतिशतभन्दा कम हुनुमा सरकारले युक्रेनको वार देखाइरहेको आरोप लगाए ।

प्रकाशित मिति : June 10, 2023 at 5:58 pm