३० असार २०८१, आईतवार | Sun Jul 14 2024

बजेट पुँजीपति वर्गको हितमा आयाेः सांसद सुवाल


२६ जेठ, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवालले बजेटले पुँजीपति वर्गको मात्र हित गरेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०/ ८१ को राजस्व र वार्षिक व्ययको वार्षिक अनुमान माथिको छलछफलमा सहभागी हुँदै सांसद सुवालले बजेट निरंकुश राणा शासन र निर्दलीय पञ्चायतको सिलसिला जस्तो भएको दावी गरे ।

उनले भने ‘ पुँजीपति वर्गको हितमा बजेट आयो । प्रधानमन्त्री र अर्थमन्त्रीले पुँजीपति वर्गको चिहान खन्ने राजनीतिक शक्ति मजदुर वर्ग नै भएको हेक्का राख्नु भएन् । पुँजीपति वर्गको स्वतन्त्रता भनेकै मजदुर वर्गमाथि थिचोमिचो र शोषण गर्ने हो । सरकारको यो बजेट निरंकुश राणा शासन र निर्दलीय पञ्चायतको सिलसिला जस्तै हो । ’

तराईमा पानीको स्रोत बढाउन चुरे संरक्षण गर्न आवश्यक भएको उनको भनाइ छ। । उनले बजेटमा ५ वर्ष महंगी नियन्त्रण गर्ने उल्लेख गर्नुपर्ने बताए । सांसद सुवालले सार्वजनिक क्षेत्र कमजोर भए आर्थिक अपराधी माफियाहरुले राजनीति कब्जा गर्ने दावी पनि गरे ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार १७:५४