१ लाख ४६ हजार कित्ता सेयर बिक्री गर्दै कुमारी बैंक, न्यूनतम मूल्य कति ?
२६ जेठ, काठमाडाैं । कुमारी बैंकले केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे थियाे । बैंकले आज जेठ २६ गतेदेखि संस्थापक समूहको १ लाख ४६ हजार २८३ कित्ता सेयर बिक्रीमा ल्याएकाे हाे ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनी, अन्य जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।
बोलपत्र पेस गर्दा संस्थापकले न्यूनतम १० हजार कित्ता र सर्वसाधारणले १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि जेठ ३२ गतेसम्म काठमाडाैंकाे नकसालस्थित कुमारी क्यापिटलमा बोलपत्र पेस गर्न सक्नेछन् ।
प्रकाशित मिति : June 9, 2023 at 12:29 pm









